Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीमा फरार जिबी राईको पासपोर्ट रोक्का

सहकारी ठगीमा फरार जिबी राईको पासपोर्ट रोक्का

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्का भएको छ । राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गरेको पत्राचारका आधारमा विभागले राईको पासपोर्ट रोक्का गरेको बताइएको छ ।

राईको बैंक खाता, मालपोत लगायत विभिन्न स्थानमा पनि कारोबार रोक्का गर्न पत्राचार गरिएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न नमिल्ने भएको छ ।

विभिन्न पाँच वटा सहकारी ठगीको मुख्य योजनाकार जीबी अहिलेसम्म फरार छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जीबीलाई ल्याउन भन्दै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत १३ माघमा डिफ्युजन नोटिस जारी भएको थियो । तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077