काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका चर्चित पाकिस्तानी खेलाडी सोहेल तनवीरले ४०औँ जन्मदिन मनाएका छन् ।
उनले चितवन राइनोजको टिमसँग आफ्नो जन्मदिन मनाएका हुन् । उनको जन्मदिन मनाउन चितवन राइनोजका सबै खेलाडी लगायतको सहभागिता रहेको थियो ।
अनौठो देव्रेहाते बलिङ उनको हतियार हो । त्यही हतियारलाई पूरा प्रयोग गर्दै उनले काठमान्डु गुर्खाजविरुद्धको खेलमा ५ विकेट लिए ।
उनी प्लेयर अफ द म्याच चुनिएका थिए । तर पछिल्ला म्याचमा भने सोहेल तनवीर चल्न सकेका छैनन् ।