Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपिएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन भिड्दै

एनपिएलमा आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवन भिड्दै

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज पनि दुईवटा खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग भिड्ने छन् ।

लुम्बिनी लायन्स एनपीएलको प्लेअफबाट लगभग बाहिरिसकेको छ । उसले आफ्नो अन्तिम खेल याक्ससँग खेल्न लागेको हो । लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ ।

यस्तै दिउँसो १ बजे हुने आजको दोस्रो खेलमा चितवन र विराटनगर भिड्दै छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ ।

यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । तालिकाको तेस्रो स्थानमा आसिन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077