Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी

टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान लुम्बनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।

प्लेअफबाट लगभग बाहिरिसकेको लुम्बिनी आज आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग भिड्ने भएको हो।

लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077