Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कर्णाली याक्सले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य

कर्णाली याक्सले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।

कर्णालीका लागि विलियम बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर बाबर हायतले २२ बलमा २० रन बनाउँदा देव खनाल मात्रै ३ रनमा आउट भए।

चाडविक वाल्टन १५ बलमा १३ रन जोडेर आउट हुँदा गुल्शन झा पनि ८ रनमै आउट भए। अर्जुन घर्तीले २५ बलमा २५ रन जोडे। कप्तान सोमपाल कामी ७ रनमा र नन्दन यादव शूनय रनमै आउट भए।

लुम्बिनीका लागि विकास आग्रीले २ ओभरमा ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स सादबिन जाफर र रोहित पौडेल समान एक एक विकेट हात पारे। लुम्बिनीको यो अन्तिम खेल हो।

यसअघि नै ५ खेलमा पराजित भएर समूह चरणबाटै बाहिरिसकेको लुम्बिनी सान्त्वना जितको खोजिमा हुनेछ। तर कर्णालीको लागि जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भए समूह चरणबाटै बाहिरिने सम्भावना बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077