Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्समाथि कर्णालीको सनसनीपूर्ण जित, प्लेअफ सम्भावना बलियो

लुम्बिनी लायन्समाथि कर्णालीको सनसनीपूर्ण जित, प्लेअफ सम्भावना बलियो

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोचक जित निकालेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा १२९ रनको लक्ष्य पाएको लुम्बिनी कर्णालीसँग ५ रनले पराजित भएको हो ।

कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा १२३ रन मात्रै जोड्न सक्यो।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् ।

त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए ।

कप्तान सोमपाल कामीले ७ रन जोडे । आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077