Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

चितवन राइनोजविरुद्ध विराटनगरको फराकिलो जित

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो।

विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे।

जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे।

विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077