Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेल्लेख गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि...

मेल्लेख गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि...

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।

हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उनी शुक्रबार मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोजेपछि पक्राउ परेका हुन् ।

मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी (दर्ता नं. ८०८१-C-०३०६७३) को छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले विस्तृत अनुसन्धान गर्दै सापकोटालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अनुसन्धानको क्रममा सापकोटाले उजुरीसम्बन्धी कागजात पेश गर्न आएका बेला, उनले अनुसन्धान अधिकृतलाई हरियो झोलाभित्र रहेको पहेँलो खाम बुझाएका थिए ।

खाम खोल्दा त्यहाँ ३१ थान कागजातसँगै एक लाख नगद भेटिएको प्रवक्ता घिमिरेले बताए । सोधपुछका क्रममा सापकोटाले मुद्दा मिलाईदिनको लागि स्वेच्छाले ल्याएको भन्दै बयान दिएको बताइएको छ । उनलाई शुक्रबार अख्तियारको कार्यालय कञ्चनपुरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077