Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखराले दियो काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य

पोखराले दियो काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य

शनिवार , मंसिर २९, २०८१

काडमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो।

पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि रेमन्ड रिफरले सर्वाधिक ४१ रन बनाए ।

त्यस्तै दिनेश खरेलले ३८ रन बनाए । सो क्रममा उनले एक छक्का चार चौका प्रहार गरे । दिलिपनाथले २७ रन बनाएर आउट भए । कप्तान कुशल भुर्तेलले ७ रन मात्र बनाए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमान्डुका लागि कप्तान करण केसी र रसिद खानले सर्वाधिक समान तीन / तीन विकेट लिए ।

यस्तै, गेरहार्ड इरास्मसले एक विकेट हात पारे । दुबै टोली प्लेअफमा पुग्न कोशिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077