Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्घटना भएको कारबाट १ क्विन्टल ३० किलो गाँजा बरामद

दुर्घटना भएको कारबाट १ क्विन्टल ३० किलो गाँजा बरामद

शनिवार , मंसिर २९, २०८१

सिरहा । सिरहामा दुर्घटना भएको कारबाट प्रहरीले गाँजा बरामद गरेको छ ।

धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट १ क्विन्टल ३० किलो गाँजा बरामद भएको हो ।

शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहा प्रहरीले जनाएको छ । कार र ट्रक तथा ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् भने कारका चालक फरार भएका छन् ।

उनको खोजी कार्य र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077