Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन : गृहमन्त्री लेखक

आइतवार , मंसिर ३०, २०८१

चितवन। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार नगरेको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले लामिछानेमाथि अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरे।

२ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछानेमाथि सत्ताले राजनीतिक प्रतिशोध साँधेको रास्वपाले आरोप लगाउँदै आएको छ ।

लामिछानेमाथि अनुसन्धान कानुन बमाजिम भएको र स्वैच्छाचारी ढंगले नभएको गृहमन्त्री लेखकको भनाई छ ।

कानुन बमोजिम भएको अनुसन्धान प्रतिशोधपूर्ण नहुने लेखकले जिकिर गरे । चितवनबाट २० मंसिरमा पोखरा लामिछानेलाई सार्ने क्रममा राज्यले अमानवीय व्यवहार नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077