Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुदूरपश्चिमका प्रहरी प्रमुख केसीको बिदाइ

सुदूरपश्चिमका प्रहरी प्रमुख केसीको बिदाइ

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीको बिदाइ गरिएको छ ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, काठमाडौं सरुवा भएका उनलाई आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।

उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरे । साथै एसएसपी अधिकारीले कार्यालयका तर्फबाट मायाको चिनो प्रदान गर्दै उनको व्यक्तिगत तथा व्यवसायिक जीवनको सफलताको शुभकामना व्यक्त समेत गरे ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगरका प्रहरी उपरीक्षक खडक बहादुर खत्री र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक सरोज पौडेलको सहभागिता रहेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्र राज जोशी र सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक डा। शोभा वाग्ले लगायत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यस्तै उनको स्थानमा गणेश चन्दलाई पठाइएको छ । हालै डीआईजीमा बढुवा भएका चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा पदस्थापन गरिएको हो । उनी केही दिनमा धनगढी पुगरे सुदूरपश्चिम प्रहरीको कमाण्ड सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077