Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंका पूर्वमेयर सिंहको पार्थिव शरीर सानेपामा

अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंका पूर्वमेयर सिंहको पार्थिव शरीर सानेपामा

सोमवार , पौष १, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका कांग्रेसको पार्टी कार्यालय सानेपा लगिएको छ ।

पूर्वमेयर सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास चाक्सीबारीबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिएको हो ।

सिंहलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चाक्सीबारी पुगेका थिए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह,उपमेयर सुनिता डंगोललगायतले पूर्वमेयर सिंहलाई श्रद्धाञ्जली दिएका छन्।

सिंह २०४९ को स्थानीय तहको निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। उनको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077