Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीमा रविमाथिको अनुसन्धान प्रतिवेदन बुझाइयो

सहकारी ठगीमा रविमाथिको अनुसन्धान प्रतिवेदन बुझाइयो

सोमवार , पौष १, २०८१

पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

कास्की प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको छ ।

रवि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो।

लामिछानेसहित प्रतिवादीहरूविरूद्ध चितवन, रूपन्देही, पर्सा र काठमाडौंमा पनि अनुसन्धान जारी नै छ।

चितवनमा सहारा सहकारी, रूपन्देहीको सुप्रिम सहकारी, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मीको बचत रकम अपचलनमा अनुसन्धान भइरहेको हो।

यी सहकारीबाट गोर्खा मिडिया प्रालिमा ऋण गएको र ती रकम अपचलन भएको देखिएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077