Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामै राख्न उच्च अदालतको आदेश

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामै राख्न उच्च अदालतको आदेश

सोमवार , पौष १, २०८१

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई छोड्न अस्वीकार गरेको छ।

ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो।

पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ। थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।

न्यायाधीशद्धय अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले बेचन झा कारागारमै राख्न आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले भदौ २ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो।

झा र थापाले जिल्लाबाट भएको आदेशको पुनर्विचार गर्न भन्दै उच्च अदालतमा निवेदन दिएका थिए। गत असार १४ गते झा र थापा पक्राउ परेका थिए। उनीहरू लामो समयसम्म फरार रहँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077