Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एमाले नेता बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

एमाले नेता बस्नेतसँग नाम जोडिएकी शोभा पाठक पक्राउ

सोमवार , पौष १, २०८१

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छिन् ।

एमाले नेता बस्नेतसँग नाम जोडिएकी पाठक आज काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् ।

बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैँले गिरफ्तारी दिएको पाठकले बताइन् । यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो ।

बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाउँदै आएकी पाठकले यसअघि उनीविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनीमाथि ‘हनि ट्यापिङ’को आरोप पनि लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077