Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

५१ अंकले नेप्से घट्दा ५ अर्ब ९३ करोडको सेयर कारोबार

५१ अंकले नेप्से घट्दा ५ अर्ब ९३ करोडको सेयर कारोबार

सोमवार , पौष १, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

साताको दोस्रो कारोबार दिन ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा अडिएको हो। यसदिन ३०४ स्क्रिप्सको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

यसैगरी जोशी हाइड्रोपावर डेभलपमेन्टको ८.७०,कुमारी सवल योजनाको ५,नेसनल हाइड्रोपावरको ३८ र मन्दाकिनी हाइड्रोपावरको ३.९७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १८ करोड ८९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

जोशी हाइड्रोपावर डेभलपमेन्टको १८ करोड ४९ लाख,हिमालयन रिइन्स्योरेन्सको १५ करोड र नेपाल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन कारोबारमा आएकामध्ये १५ स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077