Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार , पौष १, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नायवा सुब्बा यादव र साहको आपसी मिलेमतोमा सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077