Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविसहित ५१ जनाविरूद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, एक अर्ब ५१ करोड बिगो माग

रविसहित ५१ जनाविरूद्ध मुद्दा चलाउनु पर्ने प्रहरीको राय, एक अर्ब ५१ करोड बिगो माग

सोमवार , पौष १, २०८१

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीसम्बन्धी मुद्दामा रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका प्रतिवेदन बुझाएको हो ।

जसमध्ये ३७ जना प्रतिवादी फरार रहेको उक्त अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् ।

बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ।

हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।

प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्नेछ।

जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो । यसका साथै नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईलगायतलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077