Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वर्षमान पुनको आरोप - भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्

वर्षमान पुनको आरोप - भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्

सोमवार , पौष १, २०८१

पर्वत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन् ।

माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरुले आपत्ति जनाएको पुनको भनाइ छ ।

पुनले ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटक–पटक अनुनयविनय गरेर बोलाउन लगाएको दाबी गरे ।

भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले गत मंसिर १७ देखि २० गतेसम्म उत्तर छिमेकी चीनको औपचारिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077