Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीले गठन गर्‍यो माधवको नेतृत्वमा २४ सदस्यीय सचिवालय

एकीकृत समाजवादीले गठन गर्‍यो माधवको नेतृत्वमा २४ सदस्यीय सचिवालय

मंगलवार , पौष २, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय गठन गरेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।

अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका नेता समेटेर केन्द्रीय सचिवालय बनाइएको बताइएको छ ।

सचिवालयमा माधवकुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, प्रमेशकुमार हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, शेरबहादुर कुँवर लगायतका नेताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077