Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुमेरु सहकारी ठगीमा महर्जनविरुद्ध मुद्दा दायर, ३ अर्ब ९३ करोड बिगो दाबी

सुमेरु सहकारी ठगीमा महर्जनविरुद्ध मुद्दा दायर, ३ अर्ब ९३ करोड बिगो दाबी

मंगलवार , पौष २, २०८१

काठमाडौं । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ठगी प्रकरणमा संस्थापक अध्यक्ष भरत महर्जनविरुद्ध मुद्दा दायर भएको छ ।

उनीविरुद्ध ३ अर्ब ९३ करोड ४२ लाख बिगो मागदाबी गरी मंगलबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

रकम अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको बताइएको छ ।

फरार रहेका महर्जनविरुद्ध इन्टरपोलबाट रोड नोटिस जारी भएको छ । तर उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् । यस्तै महर्जन दम्पती र छोराको पनि चल अचल सम्पत्ति रोक्का गरेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077