Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओली र युएईका राजदूत शम्सीबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र युएईका राजदूत शम्सीबीच शिष्टाचार भेट

बुधवार , पौष ३, २०८१

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि युएईका राजदूत अब्दुल्लाह अल शम्सीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।

राजदूत शम्सीले प्रधानमन्त्री ओलीलाई आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरे ।

त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो ।

साथै उनीहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवद्र्धनबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077