Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक

सहकारी ठगले भिड जम्मा गरेर न्यायका कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लेखक

बुधवार , पौष ३, २०८१

रुपन्देही । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताएका छन्।

प्रेस युनियन रूपन्देहीले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । उनले सहकारीको रकम अपचलन गर्ने कोहीले उन्मुक्ति नपाउने बताए।

सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने गृहमन्त्री लेखकले स्पष्ट पारे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको जिकिर गरे।

मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077