Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

६८ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

६८ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

बुधवार , पौष ३, २०८१

काठमाडौं । काठमाडौँको एयरपोर्ट शम्भुमार्गस्थित सडक खण्डबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राज कुमार माली, आवाद सिंह, युवराज सुवेदी र प्रवेश कुमार पौडेल रहेका छन् ।

सोमाबर राति प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार जाँच गर्दा ठूलो मात्रामा नगद तथा विभिन्न सामग्री बरामद गरेको गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुको सथाबाट स्रोत नखुलेको ६८ लाख, चेक पाँच थान, मोबाइल फोन पाँच थानर कार बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले कारलाई शंका लागि रोकेर जाँच गर्दा उक्त नगद र सामग्री फेला परेको हो।

पक्राउ परेका चारैजनालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसूरमा कारबाही प्रक्रिया अघि बढाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077