Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईंको रिट खारेज

दुर्गा प्रसाईंको रिट खारेज

बुधवार , पौष ३, २०८१

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गरेसँगै बैंकलाई ऋण असुली गर्ने बाटो खुलेको हो ।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।

उक्त रिटको अन्तिम सुनुवाइ गर्दै इलाम इजलासका मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले मंगलबार रिट खारेज गरिदिएको हो ।  

कुमारी बैंकको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित प्रसाईंले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077