Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ज्ञानेन्द्रलालको सम्पत्ति शुद्धीकरण मुद्दामा सेटिङ, परिवारलाई जोगाएर मुद्दा दायर

ज्ञानेन्द्रलालको सम्पत्ति शुद्धीकरण मुद्दामा सेटिङ, परिवारलाई जोगाएर मुद्दा दायर

बिहिवार , पौष ४, २०८१

काठमाडौं । हाइड्रो क्षेत्रका माफियाका रुपमा परिचित व्यवसायी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । तर, सरकारी वकिलले फितलो बनाएर अभियोग दायर गरेपछि यसमा ठूलो चलखेलको आशंका गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत साता मुद्दा दायर गरेको हो ।

विभागले उनका परिवारका सदस्यलाई पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिल कार्यालयले प्रधानलाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रधानले धितोपत्रको जालजाजीयुक्त कारोबार गरेको भन्दै धितोपत्र बोर्डले नै विभागमा उजुरी गरेको थियो । प्रधान नेपाल हाइडो डेभलपर कम्पनीको अध्यक्ष हुँदा कम्पनीको शेयर ठूलो मात्रामा खरिदबिक्रि गरेका थिए । यसरी २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर अवैध रुपमा कारोबार गरेको भन्दै त्यहीअनुसार बिगो कायम गरिएको छ ।

प्रधान अध्यक्ष भएको बेला शेयर उनको श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा शेयर नामसारी गरेर कारोबार गरेका थिए ।

श्रीमती र छोरा छोरीलाई पनि प्रतिवादी बनाउनुपर्ने सम्पत्ति शुद्धीकरणको सिफारिस थियो । तर, सरकारी वकिल कार्यालयले उनीहरुलाई उन्मुक्ति दिएपछि मुद्दा नै फितलो भएको छ । अभियोजनकर्ता सरकारी वकिल सीताराम अर्यालमाथि समेत प्रश्न उठेको छ ।

सम्पत्ति शुद्धीकरणले अनुसन्धान सकाएर बुझाएको महिनौंसम्म फाइल सरकारी वलिकमा रोकिएको थियो । सकेसम्म खर्च गरेर मुद्दा नै रोक्ने प्रयासमा प्रधान थिए । त्यसमा नमिल्ने भएपछि मुद्दा कमजोर बनाएर अभियोग दर्ता गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077