Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको भनिएको भाइरल फोटोबारे अनुसन्धान गर्दै कास्की प्रहरी

रविको भनिएको भाइरल फोटोबारे अनुसन्धान गर्दै कास्की प्रहरी

बिहिवार , पौष ४, २०८१

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने सुतिरहेको तस्विर बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतभित्र सुतिरहेका व्यक्ति सभापति लामिछानेको भनेर फोटो सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको हो ।

एउटा फोटोमा टोपी लगाएका व्यक्ति सिरक ओढेर सुतिरहेको र छेउँको टेबुलमा किताबहरु देखिन्छ । अर्को एउटा फोटोमा भने छेउँको टेबुल नै देखिँदैन ।

रास्वपाका कार्यकर्ताहले यो फोटो कास्की हिरासत भित्रको र रविकै हो भनेर जिकिर गर्दै सामाजिक सन्जालमा सेयर गरिरहेका छन्। हामीले यसबारे जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त फोटोको विषयमा अनुसन्धान थालेको प्रहरी स्रोतले बतायो ।

फोटोको वास्तविकताबारे अनुसन्धान जारी रहेको कास्की प्रहरी स्रोतले बतायो । त्यो फोटो रवि लामिछानेकै हो कि होइन भन्ने पुष्टि हुन बाँकी छ र त्यसको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077