Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बत्तीसपुतलीबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

बत्तीसपुतलीबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

बिहिवार , पौष ४, २०८१

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बत्तीसपुतलीस्थित भेषराज पाण्डेले संचालन गरेको श्री बालाजी इम्पोर्ट्स प्रालीबाट हुण्डीको रकम सहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा श्री बालाजी इम्पोर्ट्स प्रालीका संञ्चालक भेषराज पाण्डे, भारतको राजिस्थान घर भएका बस्नत कुमार राठी, काठमाडौंको कमल पोखरी बस्ने प्रनिश थापा र सुरेष अधिकारी रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २५ लाख ५० हजार नगद र ५ थान मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077