Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीमा गोप्य सर्कुलर : सरुवा–बढुवामा दबाब दिनेलाई कारबाही गर्ने आईजीपीको तयारी

प्रहरीमा गोप्य सर्कुलर : सरुवा–बढुवामा दबाब दिनेलाई कारबाही गर्ने आईजीपीको तयारी

बिहिवार , पौष ४, २०८१

काठमाडौं । नेपाल प्रहरीका केही अधिकारीहरू 'चेन अफ कमाण्ड' उल्लंघन गरेर व्यक्तिगत स्वार्थमा लागेपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन् ।

राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका हुन् ।

प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन् । पछिल्लो समय डिआइजी र एसएसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवरले राजनीतिक दबाब झेलिरहेका छन् ।

कतिपय बदनाम प्रहरी अधिकारीले उच्च तहका नेताबाट निरन्तर दबाब दिएपछि यस्तो परिपत्र जारी भएको स्रोत बताउँछ ।त्यस्तै, केही एसएसपीहरू पनि सरुवाका लागि अस्वथ चलखेलमा लागेका छन् ।

काठमाडौं परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर परिसर जानका लागि एसएसपीहरूबीच चर्को प्रतिस्पर्धा छ ।

केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका थिए । तर, कारबाही हुन नसक्दा चेन अफ कमाण्डविपरीतका गतिविधि रोकिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077