Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादीले माग्यो लेखा समितिका सभापति ऋषिकेशको राजीनामा

माओवादीले माग्यो लेखा समितिका सभापति ऋषिकेशको राजीनामा

बिहिवार , पौष ४, २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ ।

सभापति पोखरेलकी पत्नी सहकारीको रकम अपचलनमा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा मागेका हुन् ।

सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि मोरङको धनपालथान गाउँपालिका ३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा लागेको छ ।

उनीविरुद्ध गत पुस २ गते पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । सभापति पोखरेल मोरङ २ बाट निर्वाचित एमाले सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077