Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लुटपाट गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ

लुटपाट गरेको आरोपमा पोखराबाट तीनजना पक्राउ

शुक्रवार , पौष ५, २०८१

कास्की । कास्कीको पोखरामा लुटपाटमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ रिसिंङ गाउँपालिका २ काउँशिवपुर घर भई हाल पोखरा महानगरपालिका १५ रामबजार बस्ने ३७ वर्षका मोहन भन्ने मधु सिंङ थापा मगर, बाग्लुङ बाङ्गादोबान गाउँपालिका ३ तमान घर भई हाल पोखरा महानगरपालिका ६ लेकसाईड बस्ने ३८ वर्षका प्रकाश थापा र रोल्पा थवाङ गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने ३२ वर्षका गोपाल नेपाली रहेका छन् ।

मंसिर २३ गते राति १२ बजेतिर पोखरा महानगरपालिका ३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षका वेदुनाथ अधिकारीको घरमा ३ जना नकावधारी मानिसहरुले धारिलो हतियार देखाई चोरी गरेका थिए । सोही आरोपमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

वेदुनाथकी पत्नीलाई कुटपिट तथा लछारपछार गरी उनले लगाएका सुनका औँठी र कानमा लगाएका रिङ चोरेर फरार भएको प्रहरीले जनाएको छ । कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077