Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

टीयू क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान

टीयू क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरिएको छ ।

शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरेको हो ।

कार्यालयले आगामी वैशाख मसान्तसम्म पहिलो चरणको कार्य सम्पन्न गर्न बोलपत्र आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को २०८१ असार ३१ गते बसेको बैठकले त्रिवि क्रिकेट रङ्गशालामा प्यारापिट तथा फ्लडलाइट जडान ३०० दिन भित्र गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्याराफिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077