Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चको बन्दीसहित उपस्थित गराउने आदेशपछि प्रसाईंलाई आज अदालतमा उपस्थित गराइएको हो।

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए । तर उक्त निवेदन खारेज भएको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उक्त अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने उनीमाथि सार्वजनिक अपराध र किर्तेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077