Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

पार्टी सभापति देउवा र महामन्त्री थापासँग कुनै विवाद छैन : नेता कोइराला

पार्टी सभापति देउवा र महामन्त्री थापासँग कुनै विवाद छैन : नेता कोइराला

शुक्रवार , पौष ५, २०८१

धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका नेताहरुसँग कुनै असमझदारी नभएको बताएका छन् ।

सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न धनगढी पुगेका नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरे।

देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनको भनाई छ ।

तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ ।

नेता कोइरालाले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे ।

कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077