Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने रामजी पक्राउ

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने रामजी पक्राउ

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । प्रहरीले ४५ लाख रुपैयाँ ठगीको आरोप लागेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी छन्।

गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगी गरेको आरोप छ ।

त्यस्तै सुर्खेत जिल्ला अदालतमा ३० लाखको चेक अनादार मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाले १२ लाख १५ हजार ठगीको उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077