Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीमा जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

सहकारी ठगीमा जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

शुक्रवार , पौष ५, २०८१

पोखरा । सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले आज पोखराको सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको हो ।

यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको थियो ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छवि जोशीसहित नेचर हर्बस्‌का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध भने मुद्दा दर्ता भएको छैन ।

उनीहरुविरुद्ध आइतबार मुद्धा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077