Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बोहरा र सिंहलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

बोहरा र सिंहलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृह मन्त्रालयले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो।

सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077