Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि

शनिवार , पौष ६, २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बहस नसकिए पछि आज पनि बस्न लागेको हो । बैठक १ बजे बोलाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजोबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको बताइएको छ ।

जारी बैठकमा पृथ्वी जयन्ती अर्थात एकता दिवस र पार्टीका विभिन्न कार्यविधिलगायत विधि विषयमा पनि निर्णय लिने तयारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077