Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयको आग्रह - मंकीपक्सबाट बच्न सावधानी अपनाउनू

स्वास्थ्य मन्त्रालयको आग्रह - मंकीपक्सबाट बच्न सावधानी अपनाउनू

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गरी सचेत रहन र मंकीपक्सको मिल्दोजुल्दो लक्षण देखिए तत्काल अस्पताल जान र चिकित्सकको उचित सल्लाह लिन आग्रह गरेको हो।

शुक्रबार तनहुँका ३६ वर्षीय पुरूषमा मंकीपक्स संक्रमण पुष्टी भएको थियो। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा ती पुरूषमा मंकीपक्सको संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयले संक्रमित बिरामीको स्थितिमा केही जटिलता नभएको पनि बताएको छ। साउदी अरेबियाबाट फर्किएका उनी जिउमा खटिरा आएपछि उपचारका लागि अस्पताल पुगेका थिए।

मन्त्रालयले मंकीपक्सको संक्रमण हुँदा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरु बढ्ने, आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने जनाएको छ।

मंकीपक्स संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्ने जनाएको छ। विमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077