Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाजुरामा भूकम्पले भत्किए घर

बाजुरामा भूकम्पले भत्किए घर

शनिवार , पौष ६, २०८१

बाजुरा । बाजुरामा आज बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ।

भूकम्पले बाजुरामा कतिपय घर भत्किएका छन्। मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ।

बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको बाजुरा प्रहरीले जनाएको छ। भूकम्पले क्षति पुगेको उक्त घरमा बसोबास गर्ने तीन जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।

बूढीनन्दा नगरपालिकाको अन्य ठाउँमा पनि भूकम्पले जीर्ण घर भत्किएका छन्। शनिबार बिहान बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077