Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको सहभागितामा मनाइयो विश्व ध्यान दिवस

प्रधानमन्त्री ओलीको सहभागितामा मनाइयो विश्व ध्यान दिवस

शनिवार , पौष ६, २०८१

काठमाडौं । विश्व ध्यान दिवस शनिबार बिहान विभिन्न कार्यक्रम गरी मनाइएको छ।

संयुक्त राष्ट्रसंघको महासभाले २०२४ डिसेम्बर ६ का दिन डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेकाले यो दिवस मनाइएको हो।

विश्व ध्यान दिवस, नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाइरहेका छन्।

राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने भनी गरेको निर्णयलाई यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन्।

शनिबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा विश्व ध्यान दिवस मनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077