Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : नेता कोइराला

कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : नेता कोइराला

शनिवार , पौष ६, २०८१

धनगढी । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो नेतृत्वमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् ।

शनिबार सुदूरपश्चिममा पार्टीका नेता-कार्यकर्ताहरूसँगको भेटघाटमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले अब कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गरे ।

कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउने र अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने नेता कोइरालाले बताए ।

उनले विगतमा सुदूरपश्चिममा नेता कार्यकर्ताहरूमाथि निरन्तर अन्याय हुँदै आएको भन्दै अब उचित अवसर पाउने बताए ।

नेता कोइरालाले १५ औँ महाधिवेशनबाट सबै नेता कार्यकर्ताहरूलाई न्याय हुने वचन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077