Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनीमा सार्वजनिक विदा

जनकपुरको जितको खुशीयालीमा सखुवा प्रसौनीमा सार्वजनिक विदा

शनिवार , पौष ६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्टस्‌ले जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार पालिकामा सार्वजनिक बिदा दिएको छ ।

जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार एनपीएलको उपाधि जितेको खुशियालीमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको छ।

टीयू क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्‌ले पहिलो एनपीएल उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077