Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री पद अस्थायी हो, अब डेढ वर्षपछि देउवा नै प्रधानमन्त्री : प्रधानमन्त्री ओली

प्रधानमन्त्री पद अस्थायी हो, अब डेढ वर्षपछि देउवा नै प्रधानमन्त्री : प्रधानमन्त्री ओली

शनिवार , पौष ६, २०८१

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको डेढ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार इटहरीमा नेपाल जेसीजको ५१ औं महाधिवेशनको उद्घाटनका क्रममा यस्तो बताएका हुन् ।

जेसीजको विभिन्न विधाका उत्कृष्टलाई सम्मान गर्ने क्रममा कार्यक्रम सञ्चालिकाले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भनी सम्बोधन गरेको प्रसङ्ग निकाल्दै ओलीले ठिकै भनेको बताए ।

‘प्रधानमन्त्री पद अस्थायी हो, अब डेढ वर्षपछि शेरबहादुर देउवा नै हो। म प्रधानमन्त्री भए पनि नभए पनि जेसीजप्रति सधैंभरी शुभेक्क्षा छ।’

यस्तै प्रधानमन्त्री ओलीले नेपालको एकताको पक्षमा काम गर्न सबैलाई आह्वान समेत गरे ।

‘नेपाललाई साम्प्रदायिक हिसाबले विद्वेष फैलाउनेभन्दा एकतित्र भएर अघि बढनुपर्छ,’ ओलीले भने, ‘नेपाललाई समृद्ध नेपाल बनाउन चाहे पनि गरिबी रही रहेकाले गर्दा सबै सङ्गठित भएमा गरिबी निवारणसँगै समाजलाई हरेक हिसाबले अघि बढाउन सहयोग मिल्नेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077