Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सभापति देउवासँग मेरो कुनै असमझदारी छैन : नेता कोइराला

सभापति देउवासँग मेरो कुनै असमझदारी छैन : नेता कोइराला

आइतवार , पौष ७, २०८१

धनगढी । नेपाली कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले सभापतिसँग कुनै विवाद नभएको दावी गरे। देउवा सबैका साझा सभापति भएकाले कुनै विवाद नभएको जिकिर गरे।

देउवासँग संवाद र निरन्तर छलफल भइरहेको उनको भनाइ छ। नेता कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए।

विशेष परिस्थितिमा ठूला दुई दल मिलेर गठन भएकाले जुनसुकै परिस्थितिमा सरकार अघि बढ्नुपर्नेमा जोड दिए।

नेता कोइरालाले सरकारले विकास र सुशानका विषयलाई सँगसँगै अघि लैजानुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077