Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

जनकपुरका समर्थकलाई साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाही गर्न गगन थापाको माग

जनकपुरका समर्थकलाई साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाही गर्न गगन थापाको माग

आइतवार , पौष ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनपीएलको फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले शनिबार भएको घटनालाई लिएर मधेशी आयोगले कानूनी उपचार खोज्दै गृहमन्त्रालयलाई गरेको कारबाही सिफारिस माग सही भएको बताएका हुन्।

महामन्त्री थापाले भनेका छन्,‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दु:ख लाग्ने खालको छ। मधेशी आयोगले यसको कानूनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हर्कतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। नो इफ नो बट ।’​​

एनपीएलको फाइनल खेलका क्रममा कीर्तिपुर मैदानदेखि सामाजिक सञ्जालसम्म मधेशी समुदायलाई होच्याउने, आक्रमण गर्ने जस्ता कार्य भएको थियो । यसको चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077