Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको बयान - सहकारीको पैसा मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन

रविको बयान - सहकारीको पैसा मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन

आइतवार , पौष ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा दर्ता गराएको मुद्दाको अभियोगपत्रमा उल्लेखित बयानमा पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।

उनले त्यसको पुष्टि संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले पनि गर्ने बताएका छन् ।

'सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेस गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको अवस्था छ । म यी कसूरमा कहीँ कतै कुनै पनि तवरबाट संलग्न छैन र थिइनँ,' बयानमा उल्लेख छ ।

साथै सहकारीको पैसा आफ्नो पेटमा एक रुपैयाँ बराबरको पनि नपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077