Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लिक्विड लाउञ्ज प्रकरण : तरुण दलका नेताहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

लिक्विड लाउञ्ज प्रकरण : तरुण दलका नेताहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा

आइतवार , पौष ७, २०८१

काठमाडौं । काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेली समूहबाट एक युवकमाथि भएको निर्घात कुटपिट घटनामा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाउने भएको छ ।

बैतडीका रमेश भट्टमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका उपर आइतबार ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका भट्टको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

काभ्रेली समूहले एक्कासी एक्ला भट्टमाथि मरणासन्न हुने गरी कुटपिट गरेको सिसिटिभी भिडियो बाहिर आइसकेको छ । सो घटनामा पक्राउ पर्नेहरुमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ समेत छन् ।

रोशी गाउँपालिका ४ महादेवटार घर भएका उनी यसअघि ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्। पक्राउ परेका अर्का सुजन लामा तरुण दलका काभ्रे अध्यक्ष हुन्। उनी पनि गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् ।

काभ्रेको भुम्लु गाउँपालिका ४ घर भएका उनी ललितपुरमा व्यवसायी राजन लामामाथि आक्रमण गरेको घटनामा पक्राउ परेका थिए। उनी भुम्लुका गाउँपालिका उपाध्यक्ष दावा लामाका निकट हुन्।

त्यस्तै, पब्लिक युथ क्याम्पस, धोबिचौरका स्ववियु उपसभापति रहेका काभ्रे तिमालका मिलन लामा, तरुण दलको भुम्लु गाउँपालिका अध्यक्ष सुलभ पहारी, तरुण दलका काभ्रे जिल्ला सदस्य युवराज लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तरुण दल अध्यक्ष दावा लामाका साथै डम्बरबहादुर कार्की र शक्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट पीडित भट्ट गृहमन्त्री रमेश लेखक निकट हुन्। सोही कारण गृहमन्त्रीले कांग्रेसकै नेता भएपनि थुन्न निर्देशन दिएको प्रहरी स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077