Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

सोमवार , पौष ८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

एनपीएलको फाइनल खेलपछि जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका २ घर भई कीर्तिपुर बस्ने २१ वर्षीय अशोक साउद र डोटीको दिपायल सिलगढी नगरपालिका १ घर भई कीर्तिपुरमै बस्ने १९ वर्षका गणेश साउद रहेका छन्।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको फाइनल खेलपछि केही व्यक्तिहरुले जनकपुरका समर्थकमाथि हातपात गरेका थिए।

उनीहरूले केही व्यक्तिहरूले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोजेको तथा विभिन्न व्यक्तिहरूलाई अभद्र व्यवहार गरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077